नेपाल फर्निचर तथा फर्निसिङ संघले पायाे नयाँ नेतृत्व, अग्रवालको अध्यक्षता कार्य समिति
वि.सं.२०७९ पुस १० आइतवार ०८:२९

काठमाडौं-नेपाल फर्निचर तथा फर्निसिङ संघकाे अध्यक्षमा दिनेश अग्रवाल निर्वाचित भएका छन् ।
काठमाडौंमा भएको संघको २३ औं साधारण सभा तथा अधिवेशनले अग्रवालकाे अध्यक्षतामा २ वर्षे कार्यकालका लागि १७ जना सर्वसम्मत चयन गरेकाे छ ।
संघको वरिष्ठ उपाध्यक्षमा मनीष अग्रवाल, प्रथम उपाध्यक्षमा अरुण कुमार चौधरी, द्वितीय उपाध्यक्षमा अर्जुन घिमिरे र महासचिवमा सञ्जय लामा निर्बिरोध भएका हुन् । त्यसै गरी कोषाध्यक्षमा रमिता कसजू श्रेष्ठ, सचिवमा केदारनाथ बस्ताकोटी र डमरु बल्लभ पराजुली निर्बिरोध चयन भएका छन् ।

संघको सदस्यमा दिल बिक्रम श्रेष्ठ, भोला मान योञ्जन, ऋषि किशोर अग्रवाल, सम्यक मान सिंह, मुकेश अग्रवाल, गीता अच्छामी, रन्जू श्रेष्ठ, निकुञ्ज अग्रवाल र टेक बहादुर कार्की निर्विरोध भएका छन् ।
निवर्तमान अध्यक्ष शुभेन्द्र जोशी रहेको कार्यसमितिले थप ३ जना सदस्यहरु मनोनयन गरी २१ सदस्यीय कार्यसमितिलाई पूर्णता दिनेछ ।
यसअघि संघको साधारण सभा काठमाण्डौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उद्घाटन गरेकी थिईन् ।
उद्घाटन सत्रमा उपमेयर डंगोलले घर बहालका सन्दर्भमा व्यापक गुनासोहरु आएकाले घरबेटी र बहालमा बस्नेलाई सहज हुने किसिमको कानुनी प्रावधान गर्न लागिएको जानकारी दिएकी थिइन् ।
संघका नवनिर्वाचित अध्यक्ष दिनेश अग्रवालले उच्च विन्दुमा पुगेको बैंक व्याजदरका कारण फर्निचर व्यवसायीहरु बिस्थापित हुने अवस्थामा पुगेको बताए ।
कार्यक्रममा संघका पुर्वअध्यक्ष राजेश अग्रवाल सहित संघलाई स्थापित गर्न योगदान पुर्याउनेहरुलाई सम्मान गरिएको थियो ।
संघमा २ सय आजीवन र ४ सय साधारण सदस्य गरी ६ सय फर्निचर व्यवसायी आबद्ध छन् ।
देशभर १२ हजारको संख्यामा फर्निचर व्यवसायी छन् । यो व्यवसायले २ लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।
फर्निचर व्यवसायमा करिब ३० अर्ब रुपैयाँको लगानी छ भने वार्षिक कारोबार ४० अर्ब रुपैयाँभन्दा माथि छ । जसमा कूल कारोबारको ६० प्रतिशत वस्तु विदेशबाट आयात हुँदै आएको अनौपचारिक तथ्यांक छ ।
वि.सं.२०७९ पुस १० आइतवार ०८:२९

















