skip this

प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली खुमलटारमा, शक्ति बाँडफाँटका विषयमा छलफल गर्ने

816 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । मन्त्रिपरिषद बिस्तार, सत्ता गठबन्धनमा शक्ति बाँडफाँट लगायतका विषयमा छलफल गर्न ओली प्रचण्ड निवास खुमलटार गएको ओलीको सचिवालयले जनाएको छ।आजको भेटमा राष्ट्रपति, उपराष्ट्रपति तथा प्रदेश सरकारका बारेमा पनि छलफल हुने छ।

यसअघि प्रधानमन्त्रीका लागि सहमति गर्न प्रचण्ड ओली निवास बालोकोट गएका थिए। २०७७ पुस ४ गते ओलीले भोलिपल्ट प्रतिनिधि सभा विघटन गर्नुअघि प्रचण्ड निवास खुमलटार पुगेका थिए। त्यसयता सम्बन्ध बिग्रिएका ओली–प्रचण्ड एक अर्काको निवास गएका थिएनन्।

nijgadh-supermart-adz1200-630