skip this

मेचीमहाकाली बुहारी संयुक्त आवाज मधेशद्वारा चपुर १ मा अशक्त अपाङ्गलाई सिरक वितरण

1.71K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–मेचीमहाकाली बुहारी संयुक्त आवाज मधेश समितिले अशक्त अपाङ्गलाई सिरक वितरण गरेको छ ।

मेचीमहाकाली बुहारी संयुक्त आवाज मधेश प्रदेशको आयोजनामा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वड़ा नम्बर १ मा ३० जना अशक्त अपांगहरुलाई जाड़ोंबाट बाच्नको लागि सिरक वितरण गरिएको हो ।

विगत केहि दिन देखि अचानक बढेको चिसोको कारण बालबालिका, बृद्ध बृद्धा, अपांगहरु बढ़ी प्रभावित भएकाले सिरक वितरण गरिएको मधेश प्रदेश संयोजक पुजा पाठक तिमिल्सिनाले बताईन् ।


कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाजकी मधेश प्रदेश संयोजक पुजा पाठक तिमिल्सिना, जिल्ला शाखा रौतहटकी संयोजक उषा खनाल, उपाध्यक्ष विमला गौतम, सचिव अपर्णा घिमिरे, कोषाध्यक्ष जसूमाया वाइवा, सदस्य सुधा जायसवाल, चुन माया दाहाल, सुनीता पुलामी, डम्मर कुमारी मगर, प्रतिक्षा कलवार, नेन्सी श्रेष्ठ, उर्मिला जोशी, सन्तवना श्रेष्ठ, मिना श्रेष्ठ, शुसिला श्रेष्ठ, प्रतिमा जयसवाल, एशोदा राउत, विविमाया तितुङ्ग, लालिमाया तितुङ्गलगायतको उपस्थति रहेको थियो ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) वडा नं. १ कमिटी बागमती अध्यक्ष गौतम खड्का लगायतको उपस्थिति रहेको थियो ।

समितिले शनिबार चन्द्रपुर नगरपालिका वड़ा नम्बर ५ मा सहयोग वितरण गर्ने तयारी गरेको छ ।

nijgadh-supermart-adz1200-630