‘साइप्रस पठाउँछु’ भनेर ठगेको आरोपमा युवक पक्राउ
वि.सं.२०७९ पुस १५ शुक्रवार १५:०१
1.08K
shares

काठमाडौं-साइप्रस पठाइदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–६ घर भएर काठमाडौंको पुरानो बानेश्वर बस्ने ३० वर्षीय विनोद लुहार छन् ।
लुहारले साइप्रस पठाउने सपना देखाएर ६ लाख ठगेको आरोप छ । साइप्रसस्थित होटलमा मासिक १ लाख ५० हजार तलब हुन्छ भनेर आरोपीले ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।
‘वर्किङ भिषा’मा पठाउँछु भनेपनि रकम लिएपनि उनि सम्पर्कबिहीन भएका थिए । बानेश्वरबाट पक्राउ गरेर उनलाई कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाएको एसपी कोइरालाले बताए ।
वि.सं.२०७९ पुस १५ शुक्रवार १५:०१
















