skip this

राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै कांग्रेस

810 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज नेपाली कांग्रेसले समसामयिक राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । त्यसका लागि आज दिउँसो ३ बजे कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । शक्ति बाँडफाँटमा भागबन्डा नमिल्दा माओवादी केन्द्रले गठबन्धन तोडेर नेकपा एमालेको समर्थनमा सरकारको नेतृत्व गरेको छ ।

कांग्रेस प्रवक्ता डा.प्रकाशरण महतले गत मंसिर ४ को निर्वाचन र अहिलेको समसामयिक विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।४ मंसिरमा भएको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपालगायत दलहरू मिलेर चुनाव लडेका थिए । तर, चुनावको परिणामपछि पहिलो दल बने पनि कांग्रेसले नेतृत्व भने गर्न पाएन ।

nijgadh-supermart-adz1200-630