मधेश प्रदेशमा एमाले संसदीय दलको नेतामा यादव चयन
वि.सं.२०७९ पुस २० बुधवार १०:०४
720
shares

काठमाडौं । मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलको नेतामा सरोज यादव निर्वाचित भएका छन् । मधेश प्रदेश पार्टी कमिटीले दलको नेतामा यादवलाई चयन गरेको हो ।
मंगलबार जनकपुरमा एमाले संसदीय दलको बैठक थियो । आकांक्षीहरु बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएको थियो । एमाले केन्द्रीय सदस्य समेत रहेका यादव महोत्तरी क्षेत्र नं. ४ (क) बाट निर्वाचित भएका थिए ।दलको नेताका लागि एमाले केन्द्रीय सदस्य समेत रहेकाहरु रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी लगायत दाबेदार रहेका थिए । मधेश प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमालेका २३ सांसद छन् ।
वि.सं.२०७९ पुस २० बुधवार १०:०४

















