skip this

साइरन बजाएर नागरिकलाई उछिन्दै हिँड्ने प्रवृत्तिको आलोचक हुँ –गृहमन्त्री लामिछाने

915 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आकस्मिक अवस्थामा बाहेक साइरन बजाएर नागरिकलाई उछिन्दै नहिँड्ने बताएका छन् । सामाजिक सञ्जमालमार्फत आफ्नो धारणा राख्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन । गृह प्रशासन नागरिकलाई सुरक्षित महसुस हुने वातावरण निर्माण गर्ने निकाय भएको बताउँदै आफू यसको नेतृत्वमा रहँदा आफूमात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिकको अपेक्षा पूरा नहुने गृहमन्त्री लामिछानेको भनाई छ ।

उनले आफ्नोभन्दा पनि नागरिकको सेवा र सहजताका लागि काम गर्न आफू यो जिम्मेवारीमा आएको र आफूले बोलेका कुरा इमानदारिताका साथ पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने साइरन बजाएर नागरिकलाई उछिन्दै हिँड्ने प्रवृत्तिको म सधैँ आलोचक हुँ, आकस्मिक अवस्थामा बाहेक मबाट यस्तो गतिविधि हुँदैन ।

आफू उपप्रधान एवम् गृहमन्त्रीमा नियुक्ति भएलगत्तै आफ्नो सुरक्षामा खटिने प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायब निरीक्षक (सई) को नेतृत्व सुरक्षाकर्मी राखेको लामिछानेले बताएका छन् । आफ्नो सवारीका क्रममा रहने अगुवा–पछुवा सुरक्षाकर्मीसहितको गाडी हटाएर आजैदेखि अगाडि एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको उनले बताएका छन् । गृहमन्त्री लामिछानेले आफू सडक नियमको पूर्ण पालना सबैले गर्नुपर्छ भनेर नियम लागू गराउने निकायको नेतृत्व गर्ने भन्दै सधैँ ट्राफिक बत्तीमा लाइन बसेर नै यात्रा गर्ने सडक लेन अनुशासन पूर्ण पालना गर्ने प्रतिबद्धा पनि जनाएका छन् ।

nijgadh-supermart-adz1200-630