skip this

सरकारले अर्थतन्त्रको सबलीकरणलाई प्रमुख एजेण्डामा राखेको छ –प्रधानमन्त्री दाहाल

876 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्थतन्त्र सुधार गर्न प्रभावकारी काम गर्ने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई छ । आज ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंको एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रचण्डले सरकारका न्यूनतम साझा कार्यक्रममा पनि दीगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण प्रमुख एजेण्डामा राखेको बताएका हुन्।

प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा नतिजामुखी काम तत्काल गर्नुपर्ने आवश्यक रहेको छ। उनले संरचनागत सुधार पनि गर्ने स्पष्ट पारेका छन्। अर्थमन्त्री विष्णु पौडेल, गर्भनर महाप्रसाद अधिकारी र आफूसँगै बसेर नीजि क्षेत्रको समस्या समाधान कसरी गर्न सकिन्छ भनेर छलफल गरेको प्रधानमन्त्री दाहाल स्मरण गरेका छन् ।

nijgadh-supermart-adz1200-630