skip this

अहिलेको गठबन्धन धेरै लामो समयसम्म जाने संकेत देखिएन –गगन थापा

882 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । संसद् विघटनको विषय प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीचको विग्रहको कारण बन्न सक्ने नेपाली कांग्रेसका सांसद गगन थापाले बताएका छन् । गगनले एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईपटक गरेको संसद विघटनको विषयले नै सत्ता गठबन्धनमा बेमेल हुने बताएका हुन ।

आजको बैठकमा सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओलीले संसद विघटन सोह्रै आना सही हो भनेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई अफ्ठ्यारोमा पारेको बताएका छन् । महामन्त्री थापाले सत्ता गठबन्धन धेरै लामो समयसम्म जाने संकेत नदेखिएको बताएका छन् । उनले संसदका सरकारमा भएका दलहरू एकै ठाउँमा रहेर बस्नु पनि चुनौती रहेको बताएका छन् ।

nijgadh-supermart-adz1200-630