skip this

प्रदेश नं १ को उपसभामुखमा एमाले सांसद सिर्जना दनुवार चयन

780 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रदेश नं १ को प्रदेश सभाको उपसभामुखमा एमाले सांसद सिर्जना दनुवार चयन भएकी छन् । आज बसेको प्रदेशसभाको बैठकबाट उनी निर्वाचित भएकी हुन् । सभामुखमा माओवादी केन्द्रका उम्मेदवार बाबुराम गौतम निर्विरोध निर्वाचित भएका थिए । दनुवारको पक्षमा ५७ मत खसेको थियो ।विपक्षमा ३३ मत खसको थियो ।

उपसभामुख पदका लागि भएको पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेसकी सांसद लिलाकुमारी राईको पक्षमा ३३ मत खसेको थियो । विपक्षमा ५७ मत खसेको थियो ।सत्तागठबन्धनमा रहेका दलहरू नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको ६० सांसदमध्ये ५७ जनाले दनुवारको पक्षमा मतदान गर्दा सभामुख बाबुराम गौतम तटस्थ बसे । एमालेका दुई सांसद मत विभाजनका क्रममा उपस्थित थिएनन् ।

nijgadh-supermart-adz1200-630