संघीय सभामुखको निर्वाचन आज हुँदै, घिमिरे र न्यौपानेबीच कडा प्रतिस्पर्धा
वि.सं.२०७९ माघ ५ बिहीवार ०८:४९

काठमाडौं । आज संघीय संसद्को सभामुख पदका लागि निर्वाचन हुँदैछ । संघीय संसद्को सभामुखमा सत्ता गठबन्धनबाट नेकपा (एमाले) का देवराज घिमिरे र विपक्षी दलहरूको गठबन्धनबाट नेपाली कांग्रेसकी ईश्वरी न्यौपाने बीच प्रतिस्पर्धा हुँदैछ ।सभामुख निर्वाचनका लागि सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका स्थायी समिति सदस्य तथा झापा क्षेत्रनम्बर २ वटा निर्वाचित सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् ।
घिमिरेको प्रस्तावकमा एमालेका नेता सुवास नेम्वाङ रहेका छन् भने समर्थकमा नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन रहेका छन् ।त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट सभामुखमा उम्मेदवारी दिएकी न्यौपानेको समर्थकमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रस्तावक र समर्थकमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला समर्थक रहेका छन् ।
वि.सं.२०७९ माघ ५ बिहीवार ०८:४९
















