skip this farak Kura Pravakar

हरेक माननीयको विदेशमा हैन, नेपालमा उपचार गराऊँ, तब स्वास्थ्य क्षेत्रमा सुधार हुन्छ– ज्ञानेन्द्र शाही

1.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार आवश्यक भएको भन्ने गरे पनि पहल नचालिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले बताएका छन्।आज प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका सांसद शाहीले सांसदहरूका छोराछोरीको पढाइ सरकारी स्कुलमा भएमा मात्रै शैक्षिक क्षेत्रको विकास हुने बताएका छन्। उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि समेत सांसदका छोराछोरीको उपचार सरकारी अस्पतालमा गर्ने नीति ल्याएपछि मात्रै स्वास्थ्य क्षेत्र समेत सुधार हुने बताएका छन्।

यस्तै उनले अघि भनेका छन्, आज हरेक माननीयको विदेशमा हैन, नेपालमा उपचार गराऊँ। हरेक माननीयका सन्तानहरूलाई सरकारी अस्पतालमा मात्र उपचार गर्ने आज कानुन बनाऊँ यहीँ सदनबाट तब मात्र स्वास्थ्य अवस्था सुधार हुन्छ।ु

nijgadh-supermart-adz1200-630