संसदमा पहिलो पटक अच्युत : दुधौरा पुलले गिज्यायो, तामागढी–सिम्रौनगढका किसानले मुअब्जा पाएनन्
वि.सं.२०७९ माघ १८ बुधवार २१:४४

काठमाण्डौं–दोस्रो प्रयासमा संसद प्रवेश पाएका बारा क्षेत्र नं. १ का प्रतिनिधि सभा सांसद अच्युतप्रसाद मैनालीले बुधबार संसदमा पहिलो पटक बोलेका छन् ।
प्रतिनिधि सभाको बैठकको शुन्य समयमा एक मिनेटको समयमा पहिलो बोल्ने अवसर पाएका छन् । उनले संसदको प्रथम सन्ध्यामा युगान्तकारी र सफल कार्यकालको शुभकामना व्यक्त गरेर बाराका विकास निर्माणको विषय उठाएका छन् ।
दुधौरा पुलले गिज्यायो
पूर्वपश्चिम लोकमार्ग पथलैया–निजगढ खण्डमा पर्ने दुधौरा नदीमा तीन वर्षदेखि पुल निर्माणको काम सुरु भईरहेको छ । तर त्यो पुलको अवस्थालाई हेर्दा हामीले अवलम्बन गरेको नीति र प्रणालीहरुले र ती र त्यस्तै देशभरिका पुलहरुले र भौतिक संरचनाहरुले हामीलाई गिज्याईरहेको महसुस भएको छ ।
किसानले मुअब्जा पाएनन्
त्यसैगरि तामागढी–सिम्रौनगढ खण्डमा वर्षौदेखि सडक निर्माण सम्पन्न भईसकेको छ । तर, किसानहरुले मुअब्जा नपाएर दुःखी र निराश बन्न पुगेका छन् ।
एक हजार वर्ष….
शुन्य समयको एक मिनेको अन्तिम सेकेण्डमा उनले एक हजार वर्ष लामो ईतिहास बोकोको भनेर सिम्रौनगढको सन्दर्भ निकाल्दै गर्दा समय सकिएको थियो । सांसद मैनालीका स्वकीय सचिव दामोदर मैनालीका अनुसार सिम्रौनगढको मालपोत कार्यालय सञ्चालनको विषय उठाउने क्रममा समय सकिएको हो । एक हजार वर्ष लामो ईतिहास बोकेको सिम्रौनगढका जनताले मालपोतको सेवा लिन नपाएको विषयमा सम्बन्धित मन्त्रालयको ध्यानकर्षण गराउने उद्देश्यले विषय उठाउन खोजिएको हो ।
बारा क्षेत्र नं. १ मा नेकपा (एमाले) बाट मैनाली प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । उनी २०७४ मा नेपाली कांग्रेका उमाकान्त चौधरीसंग पराजित भएका थिए । त्यसको पाँच वर्षपछि पुनः उनै चौधरीलाई पराजित गर्दैै विजयी भएका हुन् ।
वि.सं.२०७९ माघ १८ बुधवार २१:४४

















