शिक्षा मन्त्रीले ठोस निर्णय दिन नसक्दा मुस्लिम विद्यार्थीले साउदीमा निःशुल्क पढ्न जान पाएनन् : सांसद कल्पना मियाँ
वि.सं.२०७९ माघ १८ बुधवार २२:३०

काठमाण्डौं–नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँले साउदीमा निःशुल्क पढ्न जान काठमाण्डौं आएका मुस्लिम विद्यार्थी अलपत्र परेको बताएकी छिन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सांसद मियाँले शिक्षा मन्त्रालयबाट लिनुपर्ने एनओसी पेपर नपाउँदा विद्यार्थी बेखर्ची भएर अलपत्र परेका बतएकी हुन् ।
संसदमा पहिलो पटक बोलेकी मियाँले शिक्षा मन्त्रीले ठोस निर्णय दिन नसक्दा विद्यार्थीले दुःख पाएको आरोप लगाईन् । उनले मन्त्रीलाई भेटेर जानकारी गराउँदा समेत वेवास्ता भएको बताएकी थिईन् ।
संसद बैठकपछि फरक नेपालसंग कुरा गर्दै सांसद मियाँले मुस्लिम समुदायका विद्यार्थीले साउदी अरबमा निःशुल्क पढ्न पाउने अवसर गुमाउने अवस्था आएकोमा चिन्ता व्यक्त गरिन् । ‘५० औं विद्यार्थी घरबाट काठमाण्डौं आएर बेखर्ची भएका छन् । विद्यार्थीले रुदै कराउदै समस्या राखेका छन्,’ उनले भनिन–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाललाई एक साता अघि भेटेर समस्याबारेमा जानकारी गरायौं तर मन्त्री ज्यूले महत्व दिनुभएन ।
उनका अनुसार पहिला दिने गरेको पेपर अहिले रोकिएको छ । यो समस्या समाधानका लागि अनुरोध गर्दा छलफल गरौंला भन्नु भयो, तर कार्यान्वयन भएन, उनले भनिन् ।
वि.सं.२०७९ माघ १८ बुधवार २२:३०

















