माओवादीको पदाधिकारी बैठक जारी
वि.सं.२०७९ फागुन ८ सोमवार १८:१९
1.37K
shares

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । पार्टी कार्यालय पेरिसडाँडामा साँझ ५ बजे सुरु भएको बैठकमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल भईरहेकाे नेताहरूले बताएका छन् ।
राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्ने दिन नजिकिँदै जाँदा दलहरू आन्तरिक छलफलमा जुटिरहेका छन् ।
माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिनुपर्ने बताउँदै आइरहेको छ ।
यही फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ ।
वि.सं.२०७९ फागुन ८ सोमवार १८:१९
















