माओवादी पदाधिकारीको निर्णय : राष्ट्रपतिबारे निर्णय लिने अधिकार अध्यक्ष प्रचण्डलाई
वि.सं.२०७९ फागुन ८ सोमवार १९:१९
738
shares

काठमाडाैं-नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपतिको विषयमा अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ ।
सोमवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले राष्ट्रपति उम्मेदवारबारे निर्णय लिने अधिकार प्रचण्डलाई दिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए ।
राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने विषयमै छलफल भएको प्रवक्ता महराले बताए । बैठकपछि उनले भने, ‘हामीले कुनै व्यक्तिका विषयमा छलफल गरेनौं । राष्ट्रिय सहमतिकै खोजी गर्नेमा सहमत भयौं ।’
वि.सं.२०७९ फागुन ८ सोमवार १९:१९
















