skip this farak Kura Pravakar

२० फागुनमा प्रि–होली कन्सर्ट : मिलन नेवार र जोगिन्दार पानवाला मुख्य आकषर्ण

टिकट बिक्रिबाट उठेको रकम आगलागी पीडितलाई उपलब्ध गराइने

2.36K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–रङ्गहरुको पर्व होलीको अवसर पारेर युथ अफ निजगढले प्रि–होली म्युजिकल कन्सर्ट आयोजना गर्ने भएको छ ।

कार्यक्रम आगामी फागुन २० गते निजगढ–८ बजारस्थित गौरीशंकर माध्यमिक विद्यालयको प्राङ्गणमा  दिउँसो २ बजे देखि सुरु हुने छ ।

कार्यक्रमका लागि चर्चित गायिका मिलन नेवार र लोकप्रिय हास्याकलाकार शिवशंकर जोगिन्दार (पान वाला) आउने निश्चित भएको युथ अफ निजगढकी अध्यक्ष उषा थापा मोक्तानले जानकारी दिईन् । राष्ट्रिय कलाकारसहित निजगढ आइडल र स्थानीय कलाकारको समेत प्रस्तुती रहनेछ ।

अध्यक्ष थापा मोक्तानका अनुसार निजगढमा होली विशेष म्युजिकल कन्सर्टहरु सन् २०१४ देखि आयोजना गर्न थालिएको हो भने यो नवौं संस्कारण हो ।

आगलागी पीडितलाई आर्थिक सहयोग गर्ने

प्रायोजक र टिकट बिक्रिबाट उठेको आर्थिक संकलन क्लव मार्फत आगलागी पीडितलाई उपलब्ध गराइने अध्यक्ष थापा मोक्तानले बताईन । कार्यक्रमको लागि टिकट दर रु. १०० राखिएको छ ।

अध्यक्ष थापा मोक्तानले भने, ‘५०० पिस बराबरको विक्री गर्ने योजनामा छ ।’

चर्चित कलाकार सहभागि गराईएकाले आशा गरेअनुसार नै दर्शक आउनेमा विश्वस्त रहेको थापा मोक्तानले जानकारी दिईन् । नेपालको तराई भूभागको संस्कृति बचाउन हरेक वर्ष होली मनाउने गरेको अध्यक्ष थापा मोक्तानले जानकारी दिईन् ।

रक्तदान कार्यक्रम गरिने

फागुन २० गते विहान निजगढमा खुला रक्तदान कार्यक्रम हुने भएको छ ।  विहान ७:३० वजे सहिद चोकमा मेची महाकाली बुहारी संयुक्त आवाजले रक्तदान कार्यक्रम आयोजना समेत गरेको अध्यक्ष थापा मोक्तानले जानकारी दिईन् ।

https://www.facebook.com/NSOnlineTV/videos/906512327209652

nijgadh-supermart-adz1200-630