skip this

बाराको निजगढमा कार–ट्रक ठोक्किँदा दम्पती सकुशल, एयरब्यागले जोगियो ज्यान

840 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको निजगढमा आज बिहान कार र ट्रक एकआपसमा ठोक्किँदा कारमा सवार दम्पती सकुशल बचेका छन् । दुर्घटनामा कार भने क्षतिग्रस्त भएको छ।

पूर्वबाट लोड लिएर वीरगञ्जतर्फ जाँदै गरेको ट्रक ना. ६ ख ४५८२ र नेपालगञ्जबाट सप्तरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३४ च ०१२७ नम्बरको ब्रेजा कम्पनीको कार एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटना पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढ–८ फास्ट ट्र्याक क्षेत्र नजिक आज बिहान झिसमिसे समयमा भएको हो।

कारमा सवार इन्द्रलाल शर्मा र उनकी श्रीमती चन्द्रकला शर्मा सामान्य घाइते भएका छन्। कारमा रहेको एयरब्याग खुलेपछि उनीहरूको ज्यान जोगिएको बताइएको छ।

घाइते दुवै जनाले सामान्य उपचार गराएर पुनः आफ्नो गन्तव्य सप्तरीतर्फ प्रस्थान गरेका छन्। दुर्घटनापछि कारको अगाडिको भाग भने निकै क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

nijgadh-supermart-adz1200-630