skip this

सेवा शुभारम्भ साकोसद्धारा सदस्यको मृत्यु पश्चात् २ लाख २० हजार रुपैयाँ बीमा रकम हस्तान्तरण

1.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लि. निजगढ–९ बाराको मासिक बचतमा आधारित सुरक्षा योजना कार्यक्रम अन्तर्गत मृतक सदस्य श्री रवि सापकोटाको परिवारलाई बीमा दाबी बापतको रकम हस्तान्तरण गरिएको छ ।

दुर्घटनामा परी २०८२ असार २० गते निधन भएका सापकोटाको परिवारलाई स्टार माइक्रो इन्सुरेन्स कम्पनीमार्फत कुल रु. २ लाख २० हजार रुपैयाँ प्रदान गरिएको हो । उक्त रकममध्ये रु. २ लाख बीमा दाबी बापत र रु. २० हजार काजकिरिया खर्च बापत उपलब्ध गराइएको सहकारीका व्यवस्थापक विवेक कुमार ठाकुरले जानकारी दिए ।

मृतकको एकाघर परिवार अन्तर्गत उनकी श्रीमती रिता कार्कीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरण कार्यक्रममा स्टार माइक्रो इन्सुरेन्सका मधेश प्रदेश प्रमुख नवराज कुमार घिमिरे, उप–शाखा चन्द्रपुरका प्रमुख रुपेश कुमार झा तथा सहकारी संस्थाका अध्यक्ष मणिश्वर घिमिरे, कोषाध्यक्ष सकुन्तला कुमारी लामा, सह–सचिव दीपक शिवाकोटी, संचालक सदस्य सुनिल कुमार चौधरी, व्यवस्थापक विवेक कुमार ठाकुर र लेखापाल सुभाष दहाल पनि कार्यक्रममा सहभागी थिए ।

कार्यक्रममा वक्ताहरूले सहकारीमा आवद्ध सदस्यहरूको सुरक्षाका लागि यस्ता बीमा योजनाहरू प्रभावकारी रहेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

nijgadh-supermart-adz1200-630