अध्ययन गरेर काम सुरु गर्ने बेलामा मन्त्रालयबाट बिदा लिनुपर्यो –पदम गिरी
वि.सं.२०७९ फागुन १६ मंगलवार १३:४८

काठमाडौं । काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको भन्दै निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले गुनासो गरेका छन् ।४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेर काम सुरु गर्ने वेलामा मन्त्रालयबाट बिदा लिनुपरेको भन्दै गुनासो गरेका हुन । आज स्वास्थ्य पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो गुनासो पोखेका हुन् ।
उनले स्वास्थ्य मन्त्रालयमा धेरै जटिल समस्या छन् भन्ने कुरा आफूले मन्त्री भएपछि मात्रै थाहा पाएको जिकिर गरेका छन् । ‘स्वास्थ्य क्षेत्र बुझेर काम गर्ने वेला आएको थियो, त्यही वेला यहाँबाट बिदा लिनुपर्ने अवस्था बन्यो । स्वास्थ्यमन्त्री बन्नुअघि यस क्षेत्रमा यति धेरै विकराल समस्या छ भन्ने मलाई थाहा थिएन,’ उनले भने ।
वि.सं.२०७९ फागुन १६ मंगलवार १३:४८

















