हावाहुरीले फेवातालमा ४ वटा डुङ्गा पल्टियो
वि.सं.२०७९ फागुन २० शनिवार १७:३४
1.05K
shares

काठमाडौं-हावाहुरीले फेवातालमा डुंगा दुर्घटना भएको छ । दिउँसो हावाहुरी चलेर भएको डुंगा दुर्घटनामा परिवार नै परेको बैदाम प्रहरी नायव उपरीक्षक वेद जोशीले बताए ।
‘परिवारसहित चढेको डुंगा पल्टेको थियो । सबैको उद्धार भएपनि एकजना वृद्ध आमा बेहोस हुनुहुन्छ । उहाँको गण्डकी मेडिकल अस्पतालमा उपचार हुँदै छ,’ डिएसपी जोशीले भने ।
डुंगामा ७ जना सवार थिए । हावाहुरीले ४ वटा डुंगा पल्टे पनि सबैको उद्धार भएको डीएसपी जोशीले बताए ।
वि.सं.२०७९ फागुन २० शनिवार १७:३४
















