प्रेस सेन्टर नेपाल बाराको दोस्रो अधिवेशन मौलापुरमा हुने
वि.सं.२०७८ कात्तिक २७ शनिवार २१:०८
834
shares

बारा : नेपाल कम्यूनिष्ट पार्टी ( माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल बाराको दोस्रो जिल्ला अधिवेशन डुमरवानाको मौलापुरमा हुने भएको छ । संगठनको केन्द्रिय सर्कुलर अनुसार आगामी भोली कार्तिक २८ गते जीतपुरसिमरा–१४ मौलापुरस्थित भ्याटेज कटेजमा दोस्रो अधिवेशन हुने प्रेस सेन्टर नेपाल महाधिवेशन आयोजक समितिका सदस्य महेश्वर अधिकारीले जानकारी दिए ।
अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । अधिवशेनमा जिल्लाका संगठित तथा शुभेच्छुक पत्रकारहरुको सहभागिता रहनेछ ।
अधिवेशनको उद्धघाटनमा पार्टी र संगठनका नेता र जनप्रतिनिधिलाई अतिथिका रुपमा आमन्त्रण गरिएको छ ।
वि.सं.२०७८ कात्तिक २७ शनिवार २१:०८

















