skip this

महिला सशक्तिकरण क्षेत्रको प्राप्त उपलब्धि विश्व महिला आन्दोलनकै उपज हो–तिलक परियार

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। महिला सशक्तिकरण महिला आन्दोलनकै उपज रहेको कर्णाली प्रदेशका प्रमुख तिलक परियारले बताएका छन् । परियारले जनयुद्ध, जनआन्दोलनको प्रतिफलस्वरुप महिला सशक्तिकरण क्षेत्रको प्राप्त उपलब्धि विश्व महिला आन्दोलनकै उपज भएको बताएका हुन ।

आज ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख परियारले लैङ्गिक समानताका क्षेत्रमा हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको औँल्याएका छन् । उनले महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था, न्यायपूर्ण हक र अधिकारका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धि संस्थागत गर्न अभिप्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रिय समृद्धि हासिल गर्न महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक तथा व्यवस्थापकीय रुपान्तरण आवश्यक रहेको भन्दै उहाँले सुरक्षा, सम्मान र रोजगारीलाई साझा अभियानकै रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुने विश्वास शुभकामना सन्देशमार्फत प्रदेश प्रमुख परियारले व्यक्त गरेका छन् ।

nijgadh-supermart-adz1200-630