skip this

संवैधानिक आयोगहरूका कामकारबाहीप्रति गणेशप्रसाद तिमिल्सिनाको असन्तुष्टि

543 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । संवैधानिक आयोगहरूका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका छन्।अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरूलाई जागिर खाने थलोको रूपमा विकास गर्न नहुनेतर्फ पनि सचेत गराए।

आज मुस्लिम आयोगले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा उनले सबै समुदायको प्रतिस्पर्धी क्षमता विकासका लागि गठन गरिएका संवैधानिक आयोगहरूले सोहीअनुसार काम गर्नुपर्ने स्पष्ट पारेका छन्।अध्यक्ष तिमिल्सिनाले आफ्नो परिभाषित जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेर आफ्नो औचित्य पुष्टि गर्न पनि सबै संवैधानिक आयोगहरूलाई आग्रह गरेका छन्।

अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरू अनन्त कालसम्मका लागि नभएको उल्लेख गर्दै केही वर्ष भित्रै त्यसको आवश्यक नहुने गरी काम गर्नुपर्ने पनि स्मरण गराए। उनले आयोगका लागि आवश्यक स्रोत, साधानको व्यवस्था गर्ने काममा कन्जुस्याइँ नगर्न सरकारको समेत ध्यानाकर्षण गराए।कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नागरिकका हक, अधिकारको संरक्षण र सम्वर्द्धन गर्न आयोग प्रतिवद्ध रहेको पनि बताए।

nijgadh-supermart-adz1200-630