केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई काम गर्न गाह्रो –मेयर शाह
वि.सं.२०७९ चैत १५ बुधवार १३:२०
720
shares

काठमाडौं । केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम गर्न गाह्रो हुने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन् । आजदेखि काठमाडौं महानगरको आयोजनामा सुरु भएकको न्यायिक सम्मेलनमा मेयर बालेनले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताएका हुन ।
मेयर शाहले सरकार भनेको स्थानीय पालिका पालिकामा छ भन्ने अभाष दिलाउनुसक्नुपर्ने समेत बताएका छन् । उनले भने, ‘आफ्नै पालिकामा न्याय प्राप्त होस्, न्यायका लागि ११ दिन हिँडेर काठमाडौं आउनु नपरोस् ।’
वि.सं.२०७९ चैत १५ बुधवार १३:२०

















