skip this

वर्तमान सरकार ५ वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ – प्रधानमन्त्री दाहाल

750 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आफ्नो नेतृत्वको सरकार पाँच वर्षसम्म टिक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। आजदेखि काठमाडौं महानगरको आयोजनामा सुरु भएकको न्यायिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकार फेरबदल भइरहँदा पालिकालाई पनि काम गर्न कठिनाइ हुने गरेको कुराको जवाफ दिँदै सरकार पाँच वर्ष नै टिक्नेमा ढुक्क हुन आग्रह गरेका छन् ।

उहाँले भन्नुभयो, ‘कामनपा मेयर बालेन्द्र शाहज्यूले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो, तर पालिका चुनावपछि सङ्घ र प्रदेशको चुनाव भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाईँ ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ ।’

nijgadh-supermart-adz1200-630