skip this farak Kura Pravakar

मिटरब्याजीबाट पीडित भएका नागरिकमाथि धोकाधडी भएको छ– सांसद गैरे

636 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सरकारले मिटरब्याजपीडितहरूलाई धोका दिएको नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले आरोप लगाएका छन् । उनले ​आज प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै मिटरब्याजीहरूको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने सरकारको निर्णयको विरोध समेत गरेका छन्। ​

“मिटरब्याजीबाट पीडित भएका नागरिकमाथि फेरि अर्को धोकाधडी भएको छ,” गैरेले भने, “एउटा आयोगको प्रतिवेदन थन्क्याएर फेरि अर्को आयोग गठन गरेर विषयलाई लम्ब्याउने, अल्मल्याउने र पीडकहरूलाई उन्मुक्ति दिनेतर्फ जुन काम भएको छ । यो करेक्सन हुनुपर्छ । तत्काल पीडकहरूले कारबाही पाउनुपर्छ ।” एउटा आयोगको प्रतिवेदन थन्क्याएर फेरि अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने, अल्मल्याउने र पीडकहरूलाई उन्मुक्ति दिनेतर्फ जुन काम भएको छ । यो करेक्सन हुनुपर्छ । र, तत्काल पीडकहरूले कारबाही पाउनुपर्छ भन्ने कुरालाई म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यो शून्य समय र विशेष समयमा उठेका कुराहरूको सरकारका मन्त्रीले, प्रधानमन्त्रीले जवाफै दिन नपर्ने ? के यो नियमअनुसार नै हामी चलिराखेका छौं ? ।

nijgadh-supermart-adz1200-630