skip this farak Kura Pravakar

मिटरब्याज पीडितलाई पूर्णरुपमा छुट्कारा दिनुपर्छ–प्रेम सुवाल

714 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मिटरब्याजीले लगानी गरेको रकम राष्ट्रियकरण गर्नुपर्ने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बताएका छन्।आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवालले मिटरब्याज पीडितलाई पूर्णरुपमा छुट्कारा दिनुपर्ने बताएका हुन्।

मिटरब्याज पीडितको समस्या दशकौँ पुरानो भएको उनको भनाइ छ। उनले भने,यो अवधिमा धेरै सरकार र मन्त्रीहरु भए। वर्तमान गृहमन्त्रीको यो दोस्रो कार्यकालमा मिटरब्याजको समस्या समाधान गर्न आयोग गठन गर्ने कुरा बाहिर आएको छ।

गत चैन २ गते महोत्तरीको बर्दिबासबाट ७० जना मिटरब्याज पीडितहरु पैदल हिँडेर अघिल्लो हप्ता काठमाडौं आएका थिए। उनीहरु र सरकारी वार्ता टोलीबीच शनिबार सहमति भएको थियो। सरकारले आयोग गठन गर्ने र त्यसपछि आन्दोलनको कार्यक्रम फिर्ता हुने सहमति पत्रमा उल्लेख छ।

nijgadh-supermart-adz1200-630