skip this farak Kura Pravakar

सभामुख र प्रधानमन्त्रीको कुर्सी कुन देशबाट आयात भएको हो ? –सांसद डाँगी

1.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संसदमा स्वदेशी वस्तुमात्रै प्रयोग हुने व्यवस्था तत्काल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले सरकारसँग माग गरेकी छन्।आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले शीतलनिवास, सिंहदरबार, संसद र बालुवाटारमा स्वदेशी वस्तुको मात्रै प्रयोग गरी ती ठाउँहरूलाई आत्मनिर्भर बनाउन सरकारसँग माग गरेका हुन्।

बैठकमा बोल्दै उनले भनिन्, ‘म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो ? किन नेपालमा नै बनेको हो ?’, उनले भनेकी छन्, ‘कुर्सीमा लागि जुन झगडा हुने गरेको छ । सभामुख र प्रधानमन्त्रीको कुर्सी कुन देशबाट आयात भएको हो ?’सभामुख महोदय, सिंहदरवार, बालुवाटार, शीतल निवास र यो सदनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौँ। यहाँ प्रयोग हुने कुर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै नेपाली प्रयोग गर्नका लागि सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

nijgadh-supermart-adz1200-630