skip this farak Kura Pravakar

सर्लाहीमा नक्कली नोट र कागजको बन्डलसहित एक जना पक्राउ

894 shares
oil-nigam-amlekhgunj-adv.jpeg

जनकपुरधाम – सर्लाहीमा नक्कली नोट र नोट बनाउन प्रयोग गरिने कागजसहित एक जना पक्राउ परेका छन्।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीबाट खटेको प्रहरी टोलीले बलरा नगरपालिका ५ अर्नाहा बस्ने ३० वर्षीय राम प्रसाद रायलाई नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग गरिने कागजलगायतका सामानसहित पक्राउ गरेको हो।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार भारतीय नम्बर प्लेटको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा रायले बोकेको झोलाबाट नक्कली नोट २ लाख ६८ हजार, कागजको बन्डल २४ थान, २ रिम प्रिन्टर पेपर, काटुन टेप १ थान र पत्रिका १ बन्डल बरामद गरेको हो।

प्रहरीले १ हजारको नेपाली नक्कली नोट २६८ पिस बरामद गरेको हो । यस्तै उक्त स्थानमा रहेको अर्को भारतीय नम्बर प्लेटको मोटरसाइकल फेला परेपनि चालक फरार रहेकाले खोजतलास भइरहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

nijgadh-supermart-adz1200-630