skip this farak Kura Pravakar

जलेश्वरमा हावाहुरी : टेम्पुमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

102 shares
oil-nigam-amlekhgunj-adv.jpeg

जनकपुरधाम-ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् ।

जलेश्वरको प्रकौली आर्मी क्याम्प अगाडि शनिबार सभ्यताको रुख टेम्पुमाथि ढल्दा रुखमुनी च्यापिएर दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते तीनजलाई नेपाली सेनाले तत्कालै उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए । मृतक र घाइतेहरूको पहिचान खुल्न सकेको छैन ।

nijgadh-supermart-adz1200-630