skip this

कोरोनाबाट थप एक जनाको मृत्यु, १०६ जना संक्रमित थपिए

1.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मृतक पुरूष ७८ वर्षका हुन्।

योसँगै मृत्यु हुनेको संख्या १२ हजार २१ पुगेको छ।

यस्तै १०६ जना संक्रमित पनि थपिएका छन्। योसँगै अहिले देशभर ४६९ जना सक्रिय संक्रमित छन्।

काठमाडौं उपत्यकामा ५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ। १३ जना आइसियु र २४ जना आइसोलेशनमा छन्। यस्तै ४८ जना निको समेत भएका छन्।

nijgadh-supermart-adz1200-630