skip this

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

657 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभा बैठक बस्ने भएको छ। पहिलो अधिवेशनको २२औं बैठक बस्न लागेको हो। बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्नेछ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। सभामुख देवराज घिमिरले शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

सभामुखले ‘प्रतिनिधिसभाको यो बैठक नेपाली कांग्रेस पार्टीबाट वि.सं. २०१५ सालको आमनिर्वाचनमा धनकुटा जिल्लाको साविक क्षेत्र नं. २६ बाट निर्वाचित सदस्य, प्रजातन्त्र स्थापना तथा पुनर्स्थापनाका आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका श्री तेजमान तुम्बाहाम्फेको ९७ वर्षको उमेरमा मिति २०७९ साल चैत २४ गते शुक्रबार असामयिक निधन भएकोमा उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ’ भन्ने शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।

nijgadh-supermart-adz1200-630