skip this

प्रेस सेन्टर नेपाल प्रदेश २ काे अध्यक्षमा पुन: कर्ण निर्वाचित

1.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

जनकपुर : प्रेस सेन्टर नेपाल प्रदेश २ कमिटीको अध्यक्षमा पुन: किरण कर्ण निर्वाचित भएका छ । जनकपुरस्थित मझलियाकाे जानकी दरबार हाेटलमा सम्पन्न दाेस्राे प्रदेश अधिशेवनले कर्णलाइ सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेकाे हाे ।
   त्यसैगरि प्रदेश वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र सिंह, उपाध्यक्षमा रामभराेसी यादब, सुनिता महताे निर्वाचित भएका छन् । त्यसैगरि प्रमुख सचिवमा गाेपाल प्रसाद गुप्ता(सप्तरी), सचिवमा अनिल पाण्डे (बारा), रामनारायण महताे (महाेत्तरी), सराेज पासवान (सिराहा), भली रिजाल (सर्लाही), ध्रुव कुमार मण्डल (सप्तरी), ॐकिशाेर चाैधरी (राैतहट), मुनेस लायाे मगर (पर्सा) निर्वाचित भएका छन् । त्यसैगरि काेषाध्यक्षमा दिपेन्द्र प्रसाद यादब (सप्तरी) निर्वाचित भएका छन् ।
    त्यसैगरि सदस्यमा ज्याेति लामा, बिमल नगरकाेटे, प्रलाद साह, कृष्ण तिवारी, दिपेश पाैडेल, निरञ्जन साहफ महेन्द्र मण्डल, अनुभक्त चाैधरी, अशाेक श्रीवास्तब, सञ्जित कुमार गुप्ता, राम मण्डल, रामनारायण पंडित, प्रेमनाथ पाैडेल, विभु अधिकारी, अजय यादब, भावना सुनार, कुमारी घिसिङ, फैजुला आलम, महेन्द्र प्रसाद सहनी, बुद्धि बहादुर बम्जन बसन्त सर्वसम्मत निर्वाचित भएकाे निर्वाचन मण्डलका सदस्य हिरालाल चाैधरीले जानकारी दिए ।
  त्यसैगरि सल्लाहकारमा गम्भीरा सहनी, बिराम खनाल, अनिल कुमार अनल, अरुण कुमार तिवारी, सन्त व्यतित चयन भएका छन् ।
  यसअघि अधिवेशनको उद्घाटन सत्रमा शिक्षा विज्ञान तथा प्रविधि राज्य मन्त्री बाेधमाया यादब, प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साह, प्रेस सेन्टर नेपालका सचिवालय सदस्य गाेविन्द देवकोटा, देवराम यादब, केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज हिरालाल चाैधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
    कार्यक्रममा वरिष्ठ पत्रकार विएम खनाल, सन्त ब्यतित, नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य महेश्वर अधिकारी, प्रेस सेन्टर नेपालका केन्द्रीय प्रतिनिधि निरज पिठाेकाेठे मगर, प्रेस सेन्टर नेपाल बाराका अध्यक्ष रञ्जन यादब, पर्सा अध्यक्ष दिपक गाैतम, सर्लाही अध्यक्ष शंकर पाहाडी, महाेत्तरी अध्यक्ष धनबिर महताे, धुनुषा अध्यक्ष राजेश कुमार महताे, सिराहा अध्यक्ष आशिष विश्वकर्मा लगायत सहभागी थिए ।

nijgadh-supermart-adz1200-630