बालिका बलात्कार आरोपमा एक जना पक्राउ
वि.सं.२०८० वैशाख ७ बिहीवार १४:१६
1.66K
shares

काठमाडौं। १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–१४ बस्ने २१ वर्षीय दिपेन्द्र नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालीले ती किशोरीलाई गत वैशाख ४ गते राति ललाई फकाई सोही उपमहानगरपालिका–१३ फुलबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
वि.सं.२०८० वैशाख ७ बिहीवार १४:१६

















