skip this

बारा-२ मा उपेन्द्र यादव झन्डै २४ सय मतले अगाडि

819 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले आफ्नो अग्रता कायम राखेका छन्।

उनले जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई २३८९ मतान्तरले पछि पारेका छन्।

पछिल्लो परिणामअनुसार यादवले ७ हजार ९ सय ६२ मत प्राप्त गरेका छन् भने कुशवाहाले ५ हजार ५ सय ७३ मत पाएका छन्।

नेकपा एमालेका पुरूषोत्तम पौडेल ३ हजार ४ सय २२ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल ११४५ मतसहित चौथो स्थानमा छन्।

आम जनता पार्टीका अरूण ज्ञवालीले ५४९ मत पाएका छन्।

nijgadh-supermart-adz1200-630