रौतहटका सांसद देवप्रसाद तिमल्सिनाले संसदमा भने–जनताले स्वच्छ पानी र छानामुनी बास पाउनु पर्यो
वि.सं.२०८० वैशाख १२ मंगलवार १७:०४
951
shares

काठमाडौं–रौतहट–४ का नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सनाले जनजीविकाको बारेमा संसदमा सरकारको ध्यानाकषर्ण गराएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा शुन्य समयमा बोल्दै सांसद तिमल्सिनाले खानेपानी र विपन्नको घरआवासका विषयमा सरकारको ध्यानाकषर्ण गराएका हुन् ।
उनले आगामी बजेटमा रौतहटमा स्वच्छ खानेपानीको व्यवस्था मिलाउन मिलाउन आग्रह गरे । त्यसैगरि खुला आकाश मुनी सुतेका जनताको व्यवस्था मिलाउन आग्रह गरे । उनले सितलहरबाट पीडित भएका जनता अब वर्षादको कारण पुनः समस्यामा पर्न सक्ने भन्दै बेलैमा व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
वि.सं.२०८० वैशाख १२ मंगलवार १७:०४

















