skip this farak Kura Pravakar

रौतहटमा करेन्ट लागेर युवकको मृत्यु

834 shares
oil-nigam-amlekhgunj-adv.jpeg

रौतहट । रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। कटहरिया नगरपालिका ९ दुमरिया गाउँका बिसा पासवानको १५ वर्षीय छोरा चन्दन पासवानको करेन्ट लागेर मृत्यु भएको हो। बुधवार दिउसो आफ्नै खेतमा विद्युत मोटर जोडेर पानी तान्ने क्रममा पासवानलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर अचेत भएका चन्दनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । उनको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कटहरियाका सई अशोक महतोले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ । घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।

 

nijgadh-supermart-adz1200-630