skip this

सिम्रिक एयर दुर्घटना : क्याप्टेनसहित दुई घाइतेलाई काठमाडौँ ल्याइँदै

912 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । क्याप्टेन सुरेन्द्र पौडेल र भविन गुरुङ घाइते भएका हुन् ।

उनीहरुलाई सोलुखुम्बुबाट आएको सिम्रिक एयर र नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले बताए ।

माथिल्लो अरुण हाइड्रो पावरको सामान गोला भन्ने स्थानबाट सिप्रुङमा लैजाँदै गर्दा हेलिकप्टर भोटखोला गाउँपालिका–४ स्थित सिप्रुङमा दुर्घटना भएको छ ।

स्थानीयहरुका अनुसार हेलिकप्टरमा सवार छिरिङ भोटे सकुसल छन् । पंखा पहाडमा टोक्किएर हेलिकप्टर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

 

nijgadh-supermart-adz1200-630