skip this

मगही भाषाको जगेर्ना र उत्थानका लागि प्रदेश सरकारले आवश्यक सहयाेग गर्छ : मन्त्री साह

1.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg

जनकपुरधाम :  प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले मगही भाषाको जगेर्ना र उत्थानका लागि सरकारको तर्फबाट आवश्यक भुमिका निर्वाह गर्ने प्रतिवद्दता जाहेर गरेका छन्।
आइतबार धनुषाको जनकपुरमा मगही फाउण्डेशनद्वारा आयोजित एक कार्यक्रमबीच मन्त्री साहले मगही भाषालाई जोगाएर अघि बढ्न अपरिहार्य रहेको बताए। ‘मैथिली, भोजपुरी जस्तै मगही पनि महत्वपुर्ण मौलिक भाषा हो,’ मन्त्री शाहले भने, ‘यस्ता भाषाहरुको उत्थानका लागि सरकार सदैव सकारात्मक छ।’
मन्त्री शाहले फाउण्डेशनद्वारा प्रकाशित मगही दर्पण स्मारिका विमोचन समेत गरेका थिए ।
त्यस्तै कार्यक्रममा फाउण्डेशनको तर्फबाट मन्त्री साहले विभिन्न व्यक्तिहरुलाई सम्मापत्र सहित सम्मान गरेकाे मन्त्री साहका स्वकीय सचिव शिवम् साहले बताए ।

nijgadh-supermart-adz1200-630