skip this

पशुपति जाने कार्यक्रम नै थिएन, कसरी स्थगित हुनु ?–ओलीको सचिवालय

687 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथमा पुजा गर्न जाने कार्यक्रम नै नरहेको जनाईएको छ । ओलीका प्रेस संयोजक रामशरण बजगाईले अध्यक्ष ओली पशुपतिनाथमा जाने कुनै कार्यक्रम नरहेको जनाएका हुन ।

‘हिजो देखी मैले अध्यक्षको पशुपतिनाथ जाने कुनै कार्यक्रम छैन भनेर भनिरहेको छु, सबैले जाने हो भनेर एकपक्षीय रुपमा लेखिरहेका छन्,’ बजगाईले भने, ‘आफै जाने भनेर लेख्छन, आफै जाने कार्यक्रम स्थगित भनेर लेखेको देखियो, जबकी तत्काल कुनै कार्यक्रम नै तय भएको थिएन र होइन ।’

कतिपय मिडियाले जलहरी प्रकरणमा क्षमापुजा गर्नका लागि ओली पशुपतिनाथमा जान लागेको भनेर लेखेको भन्दै ओलीको सचिवालयले खण्डन गरेको छ ।

nijgadh-supermart-adz1200-630