skip this

कांग्रेसलाई कुनै एक समुहको मात्रै नभई सम्पूर्ण नेपालीको पार्टी बनाउन चाहेको छु : सभापति देउवा

864 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।आफूले नेपाली कांग्रेसलाई कुनै एक समुहको मात्रै नभई सम्पूर्ण नेपालीको पार्टी बनाउन चाहेको नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बताएका छन् । आज तमू संघ बागमती प्रदेश समितिको भेला उद्घाटन समारोहमा सभापति देउवाल यो देश सबैको भएको र आफूले नेपाली कांग्रेस पनि सबैको बनाउन चाहेको बताएका छन्।

सभापति देउवाले भने ‘यो देश सबैको देश हो । आदिबासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश हो त्यसले गर्दा नेपालको राजनीतिमा सबैको भूमिका सहभागिता, योगदान हुन आवश्यक छ । त्यस्तै सबैलाई उही किसिमको हर ठाउँमा समावेशिकरणको आवश्यकता छ ।’

सबैलाई सबैको पार्टीको रुपमा स्थापित गर्ने गरि अभियानमा लाग्न उनको आग्रह छ । ‘सबैको पार्टी हो । हाम्रो पार्टीमा आदिबासी जनजातिको सहभागिता मात्रै होइन् । सहभागिता मात्रै होइने पूर्ण रुपले आदिबासी जनजातिका युवाहरुलाई पार्टीप्रति प्रतिवद्ध राख्न आग्रह गर्छु ।’

nijgadh-supermart-adz1200-630