कांग्रेसका महामन्त्री शर्माले दिए नयाँ पार्टीहरुलाई खहरेको संज्ञा
वि.सं.२०८० असार ३० शनिवार १९:००

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ पार्टीहरुलाई खहरेको संज्ञा दिएका छन् । काठमाडौंमा तमू संघ बागमती प्रदेशको भेलालाई सम्बोधन गर्दै उनले, पुराना पार्टीका दिनहरू गए भन्दै आएका नयाँ पार्टीहरूले धर्ती, देश, धर्मशास्त्र, संस्कृतिहरू सबै पुराना हुन् भनेर बिर्सन नहुने तर्कसहित खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ पार्टीको भविश्यप्रति संसय व्यक्त गरे ।
‘निरन्तर बगिरहेका नदीहरूबाट नै देशले विद्युत् उत्पादन गर्न सक्छ’ उनले भने ।कांग्रेस अझै बलियो, परिपक्व, संयमित र एकताबद्ध बन्नुपर्ने बेला आएको उनको भनाई छ । साउन २ गते बस्ने बैठकले नीति अधिवेशनको मिति घोषणा गर्ने र राष्ट्रव्यापी रूपमा अभियान घोषणा गरी पुरानो दललाई तरोतजकी बनाएर नवीन बनाउने क्रम शुरु हुने उनले जानकारी दिए ।
वि.सं.२०८० असार ३० शनिवार १९:००

















