skip this

सुन प्रकरण,  भ्रामक र कपोलकल्पित समाचारविरुद्ध कानूनी उपचार खोज्ने : व्यवसायी मल्होत्रा

678 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ। सुन तस्करीको विषयमा आफ्नो नाम जोडिनु आपत्तिजनक भएको व्यवसायी दिपक मल्होत्राले बताएका छन् । आज पत्रकार सम्मेलन गर्दै, व्यवसायी मल्होत्राले सुन तस्कर प्रकरणमा आफ्नो संलग्नता रहेको भन्ने समाचार सत्य नभई कपोकल्पित, भ्रामक, तथ्यविनाको प्रसंग भएको बताएका हुन् ।

पत्रकार सम्मेलनमा उनले संचारमाध्यमको नामै तोकेर भनेका छन् ‘भन्सार जाँचपास भएर बाहिरिएको सुन ट्याक्सीबाट वरामद भएकोसम्बन्धी एक समाचारमा मेरो तस्वीरसहित त्यसमा मेरो संलग्नता रहेको भन्ने कपोकल्पित, भ्रामक, तथ्यविनाको प्रसंग उल्लेख गरिएको विषयमा मैले यो पत्रकार सम्मेलन आयोजना गरेको हो ।

समाचारमा लेखिएजस्तो यो विषयमा मेरो कुनै पनि संलग्नता नभएको र प्रकाशित समाचारमा मसँग सम्बन्धित विषयहरु सत्य नभएको, भ्रामक र कपोकल्पित रहेको जानकारी गराउछु ।’आफूले नेपालको प्रचलित कानून अनुसार नै व्यापार व्यवसाय संचालन गरेको भन्दै उनले आफ्ना परिवारको समेत मर्यादामा आँच आउने गरी समाचार प्रकाशित हुनु दुखद भएको बताएका छन् ।

nijgadh-supermart-adz1200-630