ललिता निवास जग्गा प्रकरणः पक्राउ परेकालाई थप ५ दिन थुनामा राख्न अनुमति
वि.सं.२०८० साउन ६ शनिवार १०:०८
732
shares

काठमाडौं । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
काठमाडौं जिल्ला अदालतले पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले म्याद थपका लागि शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत् अदालत उपस्थित गराएको थियो।
वि.सं.२०८० साउन ६ शनिवार १०:०८

















