बारामा खेतमा कुलो फुटाएको निहुँमा कुटपिट
वि.सं.२०८० भदौ ५ मंगलवार १९:३२

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २० बसडीलवाका ४५ बर्षिया राधेश्याम खा थारुमाथि कुटपिट भएको छ ।
खेतमा पानी पटाउन कुलो फुटाएको निहुँमा स्थानीय ४० बर्षिया रामनारायण चौधरी र उनको २० बर्षिया छोरा राजा चौधरी कुटपिट गरेको पीडित थारुले बताए ।
रातको समयमा बाउ–छोरा मिलेर कुलोमा चोपलेर, कोदालो, लौरो र मुड्किले हिर्काएर घाईते बनाएको स्थानीयहरुले बताएका छन् । घाईतेको टाउको र मुखमा चोट लागेको र स्थानीयले देखेर उद्धार गरेर अस्पताल पु¥याएका थिए । उनको परवानीपुर गाउँपालिका–५ स्थित एलएस न्यूरो एण्ड जेनेरल हस्पीटलमा उपचार भईरहेको छ ।
प्रहरीमा उजुरी
स्थानीय प्रहरी कार्यालयले वेवास्ता गरेपछि पीडितकी छोरी पूर्णिमा कुमारी चौधरीले मंगलबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् ।
घटनाको विषयमा अस्थाई प्रहरी चौकी ईनर्वा बसडिकवामा जानकारी गराउँदा समेत कुनै कारबाही नभएको पीडित परिवारको गुनासो छ । तीन दिन वित्तिसक्दा समेत घटनाबारेमा प्रहरी चौकीका ईन्चार्ज रुद्र आलेले वेवास्ता गरेको उनीहरुको भनाई छ ।
चौधरीले उपचार खर्च भराउन र दोषीलाई पक्राउ गरि कारबाही गर्न माग गरेकी छिन् ।
वि.सं.२०८० भदौ ५ मंगलवार १९:३२
















