एमालेमा फर्किए विश्रामपुरका नेकपा (एस) का नेता पासवान
वि.सं.२०८० भदौ ५ मंगलवार १९:२१
2.27K
shares

बारा–बाराको विश्रामपुर गाउँपालिकाका नेकपा (एकीकृत समाजवादी) नेता महिन्दर पासवान नेकपा (एमाले) फर्किएका छन् ।
माधव नेपालले विद्रोह गरेर एमाले विभाजन भएपछि नेकपा (एकीकृत समाजवादी) मा क्रियाशिल भएका पासवान पुनः नेकपा (एमाले) मा फर्किएका हुन् ।
पार्टी परित्याग गरी एमालेमा फर्किएका पासवानलाई बारा क्षेत्र नंं. ४ का प्रतिनिधि सभाका पुर्व सासंद एकवाल मियाँले स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा पूर्व प्रदेश सांसद सुन्दर विश्वकर्मा लगायत नेताहरु सहभागि थिए ।
वि.सं.२०८० भदौ ५ मंगलवार १९:२१
















