skip this

रास्वपा बाराको अनुशासन आयोग र क्षेत्रिय समिति सदस्यको लागि ‘भ्याकेन्सी’ खुल्यो

अनुशासन आयोगमा स्नातक अध्ययन र क्षेत्रिय समितिमा महिलालाई प्राथमिकता

2.99K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–राष्ट्रिय स्वतन्त्र पार्टी बाराको अनुशासन आयोग र क्षेत्रिय समिति सदस्यको लागि आवेदन खुलेको छ ।

पार्टीको सदस्य लिएका योग्यता भएको पार्टीमा रही काम गर्न इच्छुक सदस्यले सूचना प्रकाशित भएको मितिले ४ दिन भित्र आफूले काम गर्न चाहेको पद उल्लेख गरी व्यक्तिगत विवरण साथै राखी सम्बन्धित जिल्ला संयोजक वा सोझै बारा जिल्ला कार्यालयमा निवेदन दिन वा इमेल गरी पठाउन सक्नेछन् ।

तीन सदस्यिय जिल्ला अनुशासन आयोगमा एक प्रमुख र दुई सदस्यको लागि आवेदन आह्वान गरिएको हो । आयोगको प्रमुख हुनका लागि स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने र सदस्यमध्ये कस्तीमा १ जना कानुनको क्षेत्रमा अध्ययन अनुभव प्राप्त भएको र सकभर १ जना महिला हुनुपर्ने सूचनामा उल्लेख छ । आयोगमा बस्न चाहने व्यक्तिको उच्च नैतिक चरित्र र असल सामाजिक आचरण भएको हुनुपर्ने जिल्ला संयोजक चन्दन कुमार स्वर्णकारले जारी गरेको सूचनामा जनाईएको छ ।

त्यसैगरि क्षेत्रिय निर्वाचन समिती सदस्य चयनका लागि आवेदन आह्वान गरिएको छ । यो समितिको सदस्यमा महिलालाई प्राथमिकता दिईएको छ । क्षेत्रिय समिति सदस्य पद रिक्त रहेकाले पार्टीमा रही काम गर्न इच्छुक योग्य सदस्यहरुले सुचना जारी भएको मितिले ४ दिन भित्रमा जिल्ला संयोजक वा सोझै बारा जिल्ला कार्यालयमा सम्पर्क राख्न ६ भदौंमा सुचना जारी गरिएको छ ।

nijgadh-supermart-adz1200-630