skip this farak Kura Pravakar

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

2.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–११ कपन डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका–१ घर भएका ५२ वर्षीय पासाङ शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ५ सय रूपैयाँ, १ लाख भारतीय रूपैयाँ, १ हजार १ सय अमेरिकी डलर र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, टोखा नगरपालिका–१ झोर बस्ने नुवाकोट शिबपुरी नगरपालिका–७ घर भएका ५६ वर्षीय एक राज कँडेलको टहरामा कौडा खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका–१ घर भएका ४४ वर्षीय रोशन ठकुरी समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई १६ थान कौडा र नगद ३ लाख २६ हजार रूपैयाँसहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

nijgadh-supermart-adz1200-630