skip this

सन्जीव पोखरेलको ‘एक अनि शून्य’ सार्वजनिक

897 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : पश्चिमी दर्शनमा आधारित सन्जीव पोखरेलको नयाँ कृति ‘एक अनि शून्य’ लोकार्पण गरिएको छ ।
नेपालय पब्लिकेसन्सको कार्यालयमा शनिबार अनौपचारिक कार्यक्रम गर्दै पुस्तक सार्वजनिक गरिएको हो। आफ्नी छोरी खुसी पोखरेललाई उपहार दिएर पुस्तक लोकार्पण गरेका लेखक पाेखरेलले भने, ‘मेरा छोरीका पुस्ताले यो पुस्तक पढुन्, पढ्ने प्रयास गरून् र यसको अन्तरवस्तुलाई मनन् गरुन् भन्ने मेरो लेखकीय आकांक्षा र सदीक्षा हो।
”पाश्चात्य दर्शनशास्त्रबारे प्रशस्त पुस्तक लेखिएका छन्। तर यति सहज र सरल नेपालीमा यो विषयमा लेखिएका पुस्तकमध्ये यो दुर्लभप्रायः छ,’ कार्यक्रमका प्रमुख वक्ता विष्णु सापकोटाले भने, ‘यो पुस्तकको विशेषता भनेको के पनि हो भने यसले दर्शनलाई राजनीति, साहित्य र सौन्दर्यशास्त्रसँग पनि जोडेको छ।
‘पुस्तकले विगत ३ हजार वर्षको पश्चिमी बौद्धिक इतिहासको रूपरेखा प्रस्तुत गर्ने र विचारहरू कसरी बने, विघटन भए र पुनः उत्पन्न भए भनेर देखाउने बताइएको छ।पुस्तकको शीर्षक ‘एक अनि शून्य’ ले जन्म, क्षय र विचारहरूको पुनर्जन्मको चक्रलाई सङ्केत गर्ने बताइएको छ।

nijgadh-supermart-adz1200-630